• जेष्ठ ४ २०८३, सोमबार

मधेशका विभिन्न ठाउँमा भएका आगलागीबाट ठूलो धनमालको क्षति

बैशाख ९ २०८१, आईतवार

काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा आइतबार आगलागीका कारण धनमालको ठूलो क्षति भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–५, पडेमारामा भएको आगलगीमा १२ परिवारका २४ घर जलेर नष्ट भएका छन् ।

घटनामा मानवीय क्षति नभए पनि करिब २५ लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । त्यसैगरी पर्साको छिपहरमाई गाउँपालिकाका–१ भलुवाहिमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

दशगजा नजिकै रहेको उक्त गाउँका पाँच घरका साथै करिब १० विघा जमिनको गहुँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।