• बैशाख १० २०८२, बुधबार

इजरायलले प्रयोग गरेको हतियार इरानी केटाकेटीका खेलौना जस्तै भएको इरानी विदेशमन्त्रीको दाबी

बैशाख ८ २०८१, शनिबार

काठमाडौं । इरानका विदेशमन्त्री होसेन अमिराब्दुल्लाहियनले शुक्रबार इजरायलले गरेको भनिएको आक्रमणमा खेलौनाजस्तो हतियार प्रयोग भएको बताएका छन् ।

त्यस्तो हतियार त इरानमा केटाकेटीले खेलाउने उनको दाबी छ । एनबीसी न्युजसँगको साक्षात्कारमा उनले इजरायलले इरानविरुद्ध निर्णायक कारबाही चलाए तत्काल अधिकतम प्रतिक्रिया दिने चेतावनीसमेत दोहो¥याए ।

शुक्रबार बिहान इजरायलले इरानको इस्फहान शहरलाई निशाना बनाएर मिसाइल प्रहार गरेको अमेरिकी अधिकारीले बताएका थिए । इरानी मिडियाले शहरमा ठूलो विस्फोटको आवाजपछि उडानहरू रद्द गरिएको रिपोर्ट गरेका थिए ।

इरान सरकारले केही शंकास्पद वस्तु (ड्रोन) खसालिएको बताएको छ । इजरायलले आधिकारिक रूपमा आक्रमणबारे बोलेको छैन । इरानले पनि कुनै मिसाइल आक्रमण नभएको बताउँदै आएको छ ।