तेहरान । इजरायलमाथि आक्रमणको खुसियालीमा इरानी संसदमा उत्सव मनाइएको छ । इरानी जनताले देशैभर उत्सव मनाएका भिडियो सार्वजनिक भएका छन् ।
इरानले आइतबार बिहानै ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरेको थियो । सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा भएको हमलापछि इरानले इजरायलमा ३०० बढी ड्रोन र मिसाइल प्रयोग गरी हवाई हमला गरेको थियो । यसपछि दुई देशबीच सशस्त्र द्वन्द्वको सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानी सञ्चारमाध्यमका अनुसार संसदका सभामुख (मजलिस) ले इजरायल वा उसका समर्थकहरूले कुनै किसिमको आक्रमण वा अन्य किसिमको दुस्साहस गरे त्यसको उचित जवाफ दिइने बताएका छन् ।
इरानका चीफ अफ स्टाफ मेजर जनरल बगेरीले यो अपरेशन पूर्ण रुपमा सफल भएको र इरानले यसलाई अगाडि बढाउन नचाहेको पनि दाबी गरेका छन् ।