• जेष्ठ ५ २०८१, शनिबार

२६ वर्षसम्म घर सम्हालेवापत पूर्वपत्नीलाई डेढ करोड

चैत्र २६ २०८०, सोमबार

स्पेनको एक अदालतले श्रीमतीलाई २६ वर्ष घरको काम गराएवापत् श्रीमानलाई डेढ करोड रूपैयाँ जरिवाना भुक्तानी गर्नुपर्ने फैसला सुनाएको छ ।

फैसला आदेशमा यो रकम परिवारमा श्रीमतीका रूपमा रहँदा घरायासी काम गरेबापत हाल पारपाचुके गरिसकेकी महिलालाई पूर्वपतिबाट भराउने भनिएको छ ।

स्पेनको पोन्टेभेड्रास्थित एक प्रान्तीय अदालतले २६ वर्षसम्म एउटै घरपरिवारमा रहेर घरायसी काम गरेकी आफ्नी तात्कालीन पत्नीलाई ८८ १ करोड ४० लाख (८८ हजार २५ युरो) भराउने आदेश पूर्वपतिलाई दिइसकेको छ ।

डिभोर्सपछि लोग्ने साबिकको पारिवारिक घरमा बसे तर महिला भने बाहिर अर्को भाडाको घरमा बसिन् । जिविका चलाउनका लागि उनलाई जागिरमा जानुपर्‍यो ।

त्यपछि उनले आफू २६ वर्षसम्म पूरै गृहिणी बनेर बिताएकाले जागीर गर्न नपाएको र बाँच्न गाह्रोसाह्रो परेकाले क्षतिपूर्तिको माग गरेर मुद्दा दायर गरेकी थिइन् ।

आफू व्यवसायिक करिअरमा पूर्ण रुपमा लाग्न नपाएकी तर पूर्वपति भने व्यवसायिक करियरमा लाग्न पाएकाले ठूलो राशीको पेन्सन पाइरहेको उनको गुनासो छ ।

पूर्वपतिलाई यो अवसर उनले घरमा बसेर काम गरेकाले नै उपलब्ध भएको हो । त्यसैले उनले २६ वर्षसम्म लोग्नेको घरमा घरधन्धा गरेबापतको पारिश्रमिक क्षतिपूर्ति पाउनु पर्ने माग अदालतमा गरेकी थिइन् ।

नेपालमा सम्बन्ध बिच्छेदपछि पुरुषले आफ्नी पूर्वपत्नीलाई अंश र मानाचामल दिने चलन छ । अदालती प्रक्रिया पनि यसैमा आधारित छ ।