• मंसिर १४ २०८१, शुक्रबार

मस्कोमा आईएसको आतंकवादी हमलाको नेपाल सरकारले गर्यो निन्दा

चैत्र १० २०८०, शनिबार

काठमाडौं चैत्र, १० । नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार सांगीतिक कार्यक्रममा आतंकवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत् रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडान अनुसार सबै प्रकारका आतंकवादको निन्दा र भत्र्सना गर्दछ, आतंकवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले मस्कोमा आतंकवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत् उल्लेख गरेको छ ।