काठमाडौं । प्रतिनिध सभाको आइतबारको बैठक सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । जसपा नेपालबाट निर्वाचित सांसद मञ्जु शर्मा अन्सारीको निधनमा बैठकले शोक प्रस्ताव पारित गरेको हो ।
अन्सारीको आइतबार बिहान काठमाडौंको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । जसपाबाट समानुपातिक सांसद रहेकी उनी ६० वर्षकी थिइन् ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद भएकी थिइन् । प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्नेछ ।