काठमाडौं । नेपाल प्रहरीले हुण्डी मार्फत वित्तीय कारोबार गर्ने ४ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद रु. ८० लाखसहित पक्राउ गरेको हो ।
निजहरुलाई नेपाल राष्ट्र बैक अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारवाही भईरहेको छ।