• जेष्ठ ५ २०८३, मंगलवार

टिप्परले ठक्कर दिएका दाङका चौधरीको मृत्यु, ७ लाख क्षतिपूर्ति पाउने भएपछि अवरुद्ध सडक खुला

चैत्र ३ २०८०, शनिबार

दाङ ३ चैत । टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका–४ का ४५ वर्षीय कालिप्रसाद चौधरीको मृत्यु भएको छ ।
घोराहीबाट गोग्लीतर्फ जाँदै चुनढुंगा बोकेको रा१ख २१६२ नम्बरको टिप्परले घोराही–१७ सिस्नेखोला नजिक ठक्कर दिँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साइकलमा सवार चौधरीलाई शुक्रवार राती सवा ८ बजेतिर ठक्कर दिँदा घाइते भएका चौधरीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको डिएसपी जनकबहादुर मल्लले बताए ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले शनिबार पक्राउ गरी अनुसन्धान थालेको छ । ठक्कर दिएर भागेकोले खोजी गरी कारवाहीको माग गर्दै मृतकका आफन्तहरुले शनिवार विहान ९ वजेदेखि घोराही–लमही सडकखण्ड अवरुद्ध गरेका थिए । सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या भएको थियो ।

शनिवार भएको छलफलमा पीडितपक्षलाई राहतस्वरुप ७ लाख दिने सहमतिपछि दिउँसो ३ बजेपछि अवरुद्ध सडक खुलेको थियो ।