• जेष्ठ ५ २०८३, मंगलवार

नक्कली सुन देखाई राष्ट्र बैंकलाई नै ४ करोड ठग्ने साह काठमाडौंबाट पक्राउ

फाल्गुन ३० २०८०, बुधबार

काठमाडौं । नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड ठगी भएको पाइएको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीमा संलग्न सप्तरी घर भई काठमाडौं बस्दै आएका ४१ वर्षीय टेकनाथ साहलाई पक्राउ गरेको छ ।

साहले नक्कली सुन धितो राखेर नेपाल बैंकबाट ४ करोड १४ लाख ८४ हजार ऋण लिई फरार भएका थिए । सोही मुद्दामा उच्च अदालत विराटनगरले साहलाई ९८ लाख ८५ हजार ५६४ रुपैयाँ बिगो र ३ वर्ष कैद सजाय सुनाएको थियो ।

त्यतिमात्र होइन, साहले अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग एक करोड रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले साहलाई गत सोमबार हयात होटलबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार साहले आफूलाई दीपक सोनी भनेर चिनाउँदै आएका थिए । प्रहरीले उनको साथबाट १५ वटा सिम बरामद गरेको थियो ।