• मंसिर १४ २०८१, शुक्रबार

संसदमा प्रचण्डको कटाक्ष, ‘आफूतिर आए प्रधानमन्त्री दिने, नआए भ्रष्टाचारी भन्न मिल्छ ?’

फाल्गुन ३० २०८०, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै अभिव्यक्ति दिएका छन् ।

बुधबार प्रतिनिभिसभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत माग्दै उनले नेपाली कांग्रेस, जनमोर्चा लगायत दललाई जवाफ दिए । उनले ‘आफूतिर आए प्रधानमन्त्री दिने, नआए भ्रष्टाचारी ?’ भनी प्रश्न गरे ।

तीनैलाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ, उनले भने,‘आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड ।’

बैठकमा बोल्ने क्रममा सांसदहरूले ‘उथलपुथल भनेको सहकारी ठगीको आरोप लागेकालाई गृहमन्त्री बनाउने हो ?’ भनी प्रश्न गरेका थिए ।