• मंसिर १४ २०८१, शुक्रबार

विश्वप्रकाशको प्रश्न- कांग्रेस र एमाले मिले भने राजनेताको गद्दीको हालत के हुन्छ ?

फाल्गुन ३० २०८०, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले अवस्था बदल्लौ भन्दा प्रचण्डले गठबन्धन बदलेको बताए।

गत वर्ष प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो । उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?