• मंसिर १४ २०८१, शुक्रबार

प्रकाशशरण महतलाई सोध्न चाहन्छु मैले कसको लागि पैसा खर्च गर्न मागे, पुष्टि गर्न चुनौती दिन्छु : प्रधानमन्त्री

फाल्गुन ३० २०८०, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वअर्थमन्त्री प्रकाशशरण महतलाई पैसा मागेको कुरा पुष्टि गर्न चुनौती दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै आफूमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिए ।

“प्रधानमन्त्रीले मनपरी पैसा खर्च गर्न चाहेका थिए । मैले दिइन, त्यही भएर यस्तो भयो भन्ने खालको आशयको वक्तव्य दिनु भएछ,” प्रधानमन्त्री प्रचण्डले भने, “म प्रकाशशरण महतलाई यो कुरा पुष्टि गर्न चुनौती दिन्छु । मैले कहाँ, कस्को लागि पैसा खर्च गर्न मागेको थिए । यति गतल प्रचार गरेर जनतालाई भ्रम नगर्न आग्रह गर्छु ।”