काठमाडौं । धितोपत्र ब्रोकर्श एशोसिएसनको प्रथम वार्षिक साधारणसभाबाट ४ वर्षका लागि कार्यसमिति सदस्य अधिवक्ता विष्णु गिरी निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको साधारण सभाबाट अधिवक्ता गिरी सहित १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
इन्दिरा सेकुरिटिज प्रा.लिका सञ्चालक रहेका गिरी पछिल्लो समय कानुन ब्यवसायको क्षेत्रमा परिचित नाम हो । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको प्रथम साधारण सभाको उद्घाटन नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले गरेका थिए भने नेप्सेका कार्यकारी प्रमुख कृष्णबहादुर कार्की लगायतको उपस्थति थियो ।
प्रथम साधारणसभाबाट अध्यक्षमा सागर ढकाल, वरिष्ठ उपाध्यक्षमा अञ्जीव तुलाघर, उपाध्यक्षमा अतितलाल श्रेष्ठ, महासचिवमा कृष्ण गिरी, कोषाध्यक्षमा सुमनकुमार मल्ल र सदस्यमा अधिवक्ता विष्णु गिरी लगायत आठ जना सदस्य निर्वाचित भएका हुन् ।
अधिवक्ता गिरीले अनलाइन नवीकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता विधेयक, सरकारले राष्ट्रपतिले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरिसकेका छन् ।
मेलमिलाप कर्ता समेत रहेका गिरी पछिल्लो समय कानून सम्बन्धी विभिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिँदै आएका छन् । नवनिर्वाचित सदस्य गिरीसँग पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको विभिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ ।
धितोपत्र ब्रोकर्श एशोसिएसनका नवनिर्वाचित सदस्य विष्णु गिरीले, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङ्लादेश, भारत, चीन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् । सदस्य गिरीले राष्ट्रिय नागरिक सम्मान २०७६, विशेष नागरिक सम्मान २०७९ लगायतका दर्जनौं सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । उनी नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय सदस्य समेत हुन् ।