• मंसिर १४ २०८१, शुक्रबार

कांग्रेसका ३ प्रदेश प्रमुख हटाइ नयाँ ३ जनाको नाम राष्ट्रपति समक्ष सिफारीस

फाल्गुन २८ २०८०, सोमबार

काठमाडौं । सरकारले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

त्यस्तै उनीहरूको ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्तिको सिफारिससमेत गरिएको उनले बताइन् । उनका अनुसार मधेस प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई सिफारिस गर्ने निर्णय भएको हो ।

सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले संघ र प्रदेशबीच आवश्यक समन्वयका लागि पदमुक्त गरिएको बताए । ‘प्रदेश र संघबीच आवश्यक समन्वय हुन जरुरी छ । प्रदेशहरूमा मन्त्री नियुक्ति र बर्खास्त गर्ने काम भइरहेको छ । समन्वय सहज होस् भनेरै यसो गरिएको हो,’ उनले भने ।