संघीय संसद् सचिवालयले फागुन २९ गते (भोलि)का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आज बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।
साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। मङ्गलवार बिहान ११:०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ।
राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले उम्मेदवार तय गरेका छन्।
माओवादीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार बन्ने छन्। यसैगरी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ।
माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो। उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार बन्ने सहमति छ।