• जेष्ठ ५ २०८३, मंगलवार

थारु कल्याणकारी संघ मलेसियाको ८ औ वार्षिकोउत्सव सम्पन्न

फाल्गुन २७ २०८०, आईतवार

मलेसिया । थारु कल्याणकारी संघ मलेसियाले ८ औ वार्षिकोउत्सब भव्यरुपले मनाएको छ। मलेसियाको क्वालालम्पुर शहरको Dewan Perhimpunan Cina Kuala Lumpur Dan Selangor को सभाहलमा आयोजित कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।

थारु कल्याणकारी संघ मलेसियाको ८ औ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवंम प्रतिनिधि सभाका सदस्य तेजुलाल चौधरीले गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा मलेसिया स्थित नेपाली राजदुत महामहिम डिल्ली राज पौडेलको बिशिस्ट आतिथ्य रहेको थियो । थारु कल्याणकारी संघले धेरै संघसंगठनका पदाधिकारीहरुलाइ कार्यक्रममा सहभागि थिए । विशेष अतिथिहरु, NRNA मलेसियाका पदाधिकारी, नेपाल मगर संघ, फोनिज मलेसिया, रोल्पाली सेवा समाज मलेसिया, हेल्प मधेसी लगायत थुप्रै संघ संगठनबाट प्रतिनिधित्व गरेर धेरै अतिथि तथा दर्शकहरु सहभागीता थियो ।

कार्यक्रमलाई थप रोचक र संगीतमय बनाउनको लागि नेपाल देखि चर्चित कलाकारहरुलाइ बोलाइएको थियो। गायक श्री निवास चौधरी, गायिका अनु चौधरी र मोडल ममता चौधरी यसै कार्यक्रममा सहभागी थिए । नेपाल देखि आएका कलाकारहरुले उपस्थित दर्शकहरुलाइ विभिन्न साङ्गितिक प्रस्तुति मार्फत मनोरञ्जन दिलाएका थिए।

उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रममा रोल्पाली सेवा समाजका केन्द्रिय उपाध्यक्ष लालकुमारी रोका मगरले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रमलाइ सम्बोधन गर्दै मलेसिया स्थित नेपाली राजदुत महामहिम डिल्ली राज पौडेलले थारु संगठनले गरेको सामाजिक कामको प्रसंशा गर्दै अन्य संघसंगठनलाई पनि एकजुट हुँदै मानवसेवामा समर्पित हुन अनुरोध गर्नु भयो। साथै मलेसियामा रहेको नेपाली श्रमिकहरुको बर्तमान समस्याहरुलाई हल गर्दै परि आएको आम समस्यालाइ सबै मिलि हल गर्न नेपाल दूतावास तयार रहेको जानकारी गराउनु भयो।