काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालयमा कुटाकुट भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेताहरु बैठकबाट बहिरिँदै गर्दा कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ ।
कुटाकुट भएको राप्रपा महामन्त्री समेत रहेका नेता शरदराज पाठकले पुष्टि गरे पनि कारण भने पत्ता लागिसकेको छैन ।
कुटाकुटपछि अध्यक्ष लगायतका नेताहरुबिच पार्टी कायर्मालयमा छलफल सुरु भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।