• फाल्गुन २९ २०८२, शुक्रबार

माओवादीले बोलायो संसदीय दलको बैठक, विश्वासको मतबारे छलफल हुने

फाल्गुन २६ २०८०, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार ३ बजे बस्ने भएको छ । बैठक दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने र अन्य अजेण्डा पनि रहेको उनले बताए । त्यस्तै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल गर्ने तयारी छ ।

२१ गते प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारीमा छन् । यसबारे माओवादीले आजको दलको बैठकमा छलफल गरेर निर्णय लिने छ ।