• जेष्ठ ५ २०८३, मंगलवार

सुन तस्करमा संलग्न दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा अधिकृत पक्राउ

फाल्गुन २४ २०८०, बिहीबार

काठमाडौं । सुन तस्करीमा संलग्न दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा एक अधिकृत पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–१० स्थित बागमती प्रदेशसभा सचिवालयमा कार्यरत अधिकृत छैटौं तहमा कार्यरत रहेका रामचन्द्र अर्याललाई पक्राउ गरेको हो।

मकवानपुरका एसपी सिताराम रिजालका अनुसार काभ्रे प्रहरीको अनुरोधको अर्याललाई पक्राउ गरिएको हो। केही समयअघि मात्रै अर्याल यातायात कार्यालय ठूलो भर्‍याङबाट काठमाडौंबाट सरुवा भएर बागमती प्रदेश सभा सचिवालयमा पुगेका थिए।

अर्यालमाथि काभ्रेमा रहँदा दुई चिनियाँ नागरिक दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको नागरिकता दिलाएको आरोप छ। यी दुई जना पक्राउ परेर अहिले पुर्पक्षका लागि कारागारमा छन्। उनीहरुले नागरिकता लिएको बेला अर्याल जिल्ला प्रशासन कार्यालय काभ्रेमा नासुको रुपमा कार्यरत रहेका थिए।