• मंसिर १४ २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई रमेश लेखकको प्रश्नः १४ महिनामा तपाईले के गर्नुभयो ?

फाल्गुन २४ २०८०, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति उनको प्रधानमन्त्रीकालमा के गर्नुभयो भनी संसद्‌मा प्रश्न उठाएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उनले प्रधानमन्त्रीले गठबन्धन भत्काउन भनी गरेको निर्णयमध्ये चार कारण आफूले पाएको भन्दै यस अवधिमा प्रधानमन्त्रीले १४ महिना बिताएको र त्यस अवधिमा के गर्नुभयो भनी प्रश्न गरे ।

‘नयाँ सत्ता गठबन्धनले गरेको सहमतिमा चारवटा बुँदा पाएँ। पोहोरको पुसमा प्रधानमन्त्री भएको र १५ महिनापछि शुसासन, न्याय र विकास केही भएन भने के गर्नुभयो ? यो नेपाली जनताले सोध्न पाउँछन् कि पाउदैन ?,’ उनले भने, ‘अब प्रश्न उठ्छ कि उठ्दैन तपाईंले १४ महिना के गर्नुभयो ?’

उनले राजनीतिमा यस्तो झुटो र कपोकल्पित कुरा गरेर दिर्घकालीन नहुने दाबी गरे । ‘सरकारको काम प्रभावकारी बनाउन भन्नु भएको रहेछ । १४ महिना तपाईको नेतृत्वमा १४ महिनाको सरकार के भयो?’, उनले प्रश्न गरे ।

उनले सरकारको जिम्मेवारी कसले लिने भनी प्रधानमन्त्रीमाथि प्रश्न गरे । उनले संविधानले प्रधानमन्त्री नै सबैमा जवाफदेही हुने भन्दै यो असफताको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने उनले बताए ।

‘मुलुकलाई श्रृंखलाबद्ध अस्थिरतातर्फ लैजाने काम भएको छ । राजनीतिक रुपमा बेइमानी भएको छ। गठवन्धनप्रति इमान्दारीता, सदाशयता र निष्ठा देखाएका थियो । यसमा पनि गठबन्धन भत्काउनु नेपाली कांग्रेसप्रतिको विश्वासघात हो,’ उनले भने, ‘आपसमा छलफल गरेर समाधान हुन सक्ने कुरामा अतिरञ्जित गरिएको छ । एक दुई जना मन्त्रीलाई देखाएर आफ्नो असफलता प्रधानमन्त्रीले छोप्नुभयो ।’

यही कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ताको निर्णय लिइएको उनले दाबी गरे । उनले रचनात्मक र आफूले गरेका वाचाहरुमा प्रतिवद्ध हुने दाबी गरे । उनले कांग्रेसले सरकारको राम्रैसँग ध्यानाकर्षण गराउने अवस्था नआओस् भनी उनले चेतावनी दिए। उनले मिश्रित निर्वाचन प्रणाली भएका कारण कुनै पनि एक दलको बहुमत नआउने भएकाले गठवन्धनको संस्कृतिलाई आमन्त्रण गर्ने दाबी गरे ।

उनले गठबन्धन कहिले बन्ने र कहिले भत्कने यसलाई धेरै दुविधा नभएको बताए । तर अहिलेको फेरिएको गठबन्धन के कारण होला भनी खोजी गर्दा आफूले केही प्रश्न भेट्टाएको पनि दाबी गरे ।