• आश्विन १३ २०८१, आईतवार

थिचेको उखुबाट निकालिने जुस एकदमै फाइदाजनक

फाल्गुन २४ २०८०, बिहीबार

मौसम अनुसार हामिले फलहरु सेवन गरेमा हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुग्छ ।  गर्मी याममा फलफूलको जुस पिउनु पनि निकै राम्रो हुन्छ । गर्मी याममा उखुको जुस पनि निकै फाइदाजनक छ । यो थिचेको उखुबाट निकालिने मीठो तरल पदार्थ हो । उखुको जुसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्रेसियम प्रशस्त रुपमा पाइन्छ । यसको सेवनले हाम्रो शरिरलाई धेरै र्नै फाइदा गर्छ ।

यसका फाइदाहरू के के हुन्?
यसले शरीरलाई डिटोक्सिफिकेसन गर्छ र प्रतिरक्षा प्रणालीलाई बढाउँछ। यसले छालाको स्वास्थ्यलाई समर्थन गर्छ, तौल घटाउन मद्दत गर्छ, मांसपेशी शक्ति र ऊर्जा बढाउँछ, घाँटी दुखेको उपचार गर्छ, र सुरक्षित गर्भावस्था सुनिश्चित गर्दछ।

उखुमा चिनीको मात्रा धेरै हुने भएकाले मधुमेहका बिरामी बाहेक सबैले यसको सेवन गर्न सक्छन्।

दैनिक एक वा दुई गिलास संयमित मात्रामा सेवन गर्न सकिन्छ, त्योभन्दा बढी होइन।

उखुको जुस गर्भवती महिलाको लागी पनि निकै फाइदाजनक छ । यसको सेवनले जण्डीसको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसको सेवनले शरिरमा पानीको कमीलाई समाधान गर्छ । यसमा प्रशस्त ग्लुकोज पाइने हुनाले यसको सेवनले हाम्रो शरिरमा शक्ति तथा उर्जा प्रदान गर्छ ।