• मंसिर १४ २०८१, शुक्रबार

रघुवीरको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने

फाल्गुन २३ २०८०, बुधबार

काठमाडौं । नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउने हालसम्मको सहमतिमा देखिएको हो ।

एमालेबाट ८ जना मन्त्री सरकारमा सहभागी हुनेछन् । पदम गिरी यसअघि नै विना विभागीय मन्त्रीको शपथ लिएका छन् । अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।