• आश्विन १३ २०८१, आईतवार

मःम बारे थाहा पाउनुहोस् यी ५ तथ्य

फाल्गुन २२ २०८०, मंगलवार

नेपालीको मनपर्ने खाजामा रोजाइ मःम नै हुने गरेको पाइएको छ । ठूला साना सबैलाई मनपर्ने मःम अहिले बजारमा बफ, चिकेन, मटन, भेज, पनीरलगायतका धेरै स्वादमा पाइन्छ । यी मःमको परिकार फरक–फरक हुन्छन् । तर तपाईलाई मःम बारे यी ५ तथ्य थाहा नहुन सक्छ ।

– अहिलेसम्मको अध्ययन अनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिक्ने मःम भनेको बफ मःम हो । त्यसपछि चिकेन मःम बिक्छ ।
– एक अध्ययनअनुसार, काठमाडौँ उपत्यकामा मात्र दैनिक डेढ करोड रुपैयाँको मःम बिक्री हुन्छ ।

– मःम पारखीको माग पनि अनेकौं देखिएका छन् । अध्ययनअनुसार, अहिले काठमाडौं उपत्यकामा बनाना मःमको माग एकदमै बढ्दै गएको छ ।

– अध्ययनअनुसार, काठमाडौँमा मःम मात्रै बेचेर करोडपति हुनेको संख्या बढ्दै गएको छ ।

– सबैलाई थाहा नहुने तथ्य के छ भने काठमाडौं उपत्यकामा कुकर मःमदेखि दाउरा मःम समेत पाइने गरेको छ ।