काठमाडौं । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएको घटनाप्रति असन्तुष्टि जनाएका छन् ।
राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य भएतापनि हिजोको घटना सामान्य नभएको भन्दै उनले सोमबारको घटनामा असन्तुष्टि जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन नेपाली कांग्रेसलाई महङ्गो सावित भएको बताए।
उनले लेखेका छन् ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन। कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि रु भविष्यको लागि सजग बनौँ ।’