• जेष्ठ ५ २०८३, मंगलवार

झुण्डिएको अवस्थामा भेटिए सशस्त्र प्रहरीका डिएसपी बस्याल

फाल्गुन २१ २०८०, सोमबार

विराटनगर । प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग, धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

गुल्मको आफ्नै निवास छेउमा रहेको भान्छाको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

पाल्पा स्थायी ठेगाना भएका बस्यालको परिवार भने काठमाडौँमा रहेको बुझिएको छ । सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआइजी अन्जनी पोखरेलले पनि घटनाको विस्तृत विवरण नआएको र आफू घटनास्थलमा जाँदै गरेको बताए ।