काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालसँग नयाँ ढंगले छलफल गर्न सकिने निर्णय गरेको छ ।
सत्ता गठबन्धनमा गम्भीर संकट देखा परेको एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले निष्कर्ष निकालेपछि नेता प्रदिप ज्ञवालीले अर्थमन्त्रीले लिएको नीतिले मुलुकलाई झन् अप्ठेरोमा पारेको र नयाँ ढंगले अघि बढ्न खोजेको संकेत भने,“सत्ता गठबन्धनमा गम्भीर संकट बढेको देखियो ।”
उनका अनुसार प्रधानमन्त्री गठबन्धन टुटाउन तयार भए आफूहरु नयाँ ढंगले अघि बढ्न तयार रहेको एमालेको निष्कर्ष रहेको छ ।