• मंसिर १४ २०८१, शुक्रबार

सत्ता गठबन्धनको बैठक बस्दै,मन्त्रीहरू हेरफेरबारे छलफल हुने

फाल्गुन २१ २०८०, सोमबार

काठमाडौं । आज सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।

रष्ट्रियसभा अध्यक्षको निर्वाचन हुनुअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने आँकलन गरिएको छ । यसका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले आन्तरिक छलफलमा जुटेका छन् ।

बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका विषयमा छलफल हुने हिजो मात्रै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुई पटक भेटवार्ता गरेका थिए । सो भेटवार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरु भएको छ ।