काठमाडौं । सरकार र मिटरब्याजपीडितबीच हिजो शुक्रबार भएको वार्ता सकारात्मक रहेकोमा आज फेरि वार्ता हुने भएको छ ।
मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजकले वार्ता सकारात्मक भएकोले आज हुने वार्तामा सहमति जुट्न सक्ने बताए । आजको वार्ताबाट निष्कर्ष निस्कने उनले अपेक्षा गरेका छन् ।
सङ्घर्ष समितिले अवधेश कुशवाहको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै मिटरब्याज पीडितले केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।