काठमाडौं । धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीविरुद्ध सामाजिक सञ्जालमा भिडियो मार्फत् नै गाली गर्न थालेका छन् ।
नागरिक उड्डयन प्राधिकरणले सम्भाव्यता अध्ययन गरी धरान उपमहानर क्षेत्रमा विमानस्थल बनाउन नमिल्ने निष्कर्ष निकालेपछि मेयर साम्पाङले एकपछि अर्को गरी सामाजिक सञ्जालबाट गाली वर्षा गरिरहेका छन् । केही दिनदेखि लेखेर मात्रै गाली गरिरहेकामा उनले सामाजिक सञ्जालमा भिडियो मार्फत् गाली गरेका छन् ।
मन्त्री किराँतीलाई ‘हुतीहारा, गोज्याङ्ग्रा’जस्ता शब्दले गाली गर्दै उनले अब आफ्नै पहलबाट धरानमा विमानस्थल बनाउने दाबी गरेका छन् ।
गफ मात्रै गर्ने काम भुत्लो नगर्ने मन्त्रीले कुल कै बेइज्यत ! pic.twitter.com/qAvL1Lc9lJ
— Hark Sampang A revolution (@hark_sampang) February 28, 2024