• आश्विन १३ २०८१, आईतवार

हावा शुद्धीकरण गर्न निकै महत्त्वपूर्ण स्पाइडर प्लान्ट आजै रोप्नुहोस्

फाल्गुन १७ २०८०, बिहीबार

घर भित्र रोपिने बिरुवा भन्ने बित्तिकै सबैलाई मनी प्लान्टको याद आउने गर्दछ । तर पछिल्लो समय मनी प्लान्टबाहेक अन्य थुप्रै बिरुवाहरु घर भित्र रोप्न थालिएको छ । त्यो मध्ये एक हो स्पाइडर प्लान्ट । हरेकका घरमा या अफिसमा स्पाइडर प्लान्ट लगाएको देखिन्छ ।

स्पाइडर भन्ने बित्तिकै धेरैको दिमागमा माकुरा याद आउने गर्छ बिलकुलै त्यस्तै देखिने प्लान्ट हो स्पाइडर प्लान्ट । यो बिरुवा घरमा रोप्दा  मुटु सम्बन्धि रोग चिन्ता डिप्रेसनलगायतका समस्याहरुबाट पनि यो बिरुवाले टाढा राख्ने गर्छ । यसले हावा शुद्धीकरण गर्न निकै महत्त्वपूर्ण भूमिका खेल्छ । यसले वातावरणको दुर्गन्ध नष्ट गरी आरामदायी निद्रा दिलाउन मद्दत गर्छ। यसले कार्बन मोनोअक्साइड प्रिन्टिङ र रबर उद्योगहरूमा प्रयोग हुने विषाक्त पदार्थलाई फिल्टर गर्न समेत निकै मद्दत गर्छ ।

नासामा गरीएको एक अध्यायनले स्पाइडर प्लान्टले २४ घण्टामा हावाबाट ९५ प्रतिशत केमिकल हटाउने क्षमता राखेको पुष्टि समेत गरेको छ । स्पाइडर प्लान्टले क्यान्सर गराउने तत्वको विकास गर्ने हानीकारक रसायनबाट वातावरणलाई शद्ध राख्न समेत मद्दत गर्छ ।