• आश्विन १३ २०८१, आईतवार

औषधीय गुणले भरपूर करेलाको जुसका फाइदा:

फाल्गुन १७ २०८०, बिहीबार

करेला नाम सुन्ने बित्तिकै मुख तितो भएर आउँछ । तर करेलाको तितोपन शरीरका धेरै रोगहरूको उपचार हो। करेलामा औषधीय गुण प्रसस्त हुन्छ। करेला तितो भएकै कारण कतिपय मानिसलाई मन पर्दैन। तर करेला तितो भएपनि औषधीय गुणले भरपूर छ । करेलालाई नियमित खानपानमा समावेश गर्नाले विभिन्न समस्याबाट राहत पनि पाउन सकिन्छ ।  करेलालाई दैनिक रुपमा तरकारी या जुसको रुपमा प्रयोग गर्दा धेरै फाइदा हुन्छ।

करेलाको जुस स्वास्थ्यसँगै छाला र कपालको समस्यामा उपयोगी मानिन्छ। यसले अनुहारमा चमक आउँछ । यसका साथै शरीर पूर्ण रूपमा डिटक्सिफाइड हुन्छ, जसका कारण तौल नियन्त्रणमा रहन्छ । करेलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । त्यसैले यसले प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ।

करेलाको जुसका अन्य फाइदाहरु यसप्रकार छन:

प्रतिरक्षा बलियो बनाउँछ

करेलाको जुसले आन्द्रा सफा गर्छ । यसमा मोमोर्डिका चेरेन्सिया नामक तत्व हुन्छ । यो एक एन्टिअक्सिडेन्ट हो जसले कलेजोलाई बलियो बनाउँछ र कलेजोलाई क्षति हुनबाट बचाउछ ।

करेलाको जुसलाई तौल घटाउनमा उपयोगी मानिन्छ । यसमा क्यालोरीको मात्रा अत्याधिक कम हुन्छ । जसले गर्दा क्यालोरी नियन्त्रणमा रहन्छ र तौल बढ्न पनि रोकिन्छ । करेलाको जुसले शरिरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्छ र तौल नियन्त्रणमा मद्दत गर्छ ।

करेला मधुमेह रोगीहरूको लागि लाभदायक मानिन्छ। यसमा इन्सुलिन हुन्छ, जसलाई पोलिपेप्टाइड पनि भनिन्छ। करेलाको जुसले शरीरमा रगतमा चिनीको मात्रा सधैं नियन्त्रणमा राख्छ। यद्धपी करेलाको जुसलाई खाली पेटमा पिउनुलाई बढी प्रभावकारी मानिन्छ।

करेलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसले शरीरलाई धेरै प्रकारका भाइरल इन्फेक्सनबाट बचाउँछ । करेलाको रसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। जसले गर्दा शरीरमा विभिन्न रोग लाग्नबाट बचाउछ।