काठमाडौँ । आज राष्ट्रियसभाको बैठक बस्ने भएको छ । बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।
आज बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, सम्भावित कार्यसूची आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने उल्लेख गरिएको छ ।