• मंसिर १४ २०८१, शुक्रबार

समाज कल्याण परिषदको माध्यमबाट आउने वैदेशिक सहायताको स्पष्ट मापदण्ड बनाउनु पर्छ : बास्कोटा

फाल्गुन १५ २०८०, मंगलवार

काठमाडौँ । एमाले सांसद गोकुलप्रसाद बास्कोटाले समाज कल्याण परिषदको माध्यमबाट आउने वैदेशिक सहायताको स्पष्ट मापदण्ड बनाउन जरुरी रहेको बताएका छन् ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै बास्कोटाले देशको लागि आवश्यक नभएका सहायताहरू स्वीकार गर्न नहुनेतर्फ पनि परिषदको ध्यानाकर्षण गराएका हुन् ।

उनले धर्मको प्रचारबाजी गर्ने लगायतका सहायता पनि समाजकल्याण परिषदबाट स्वीकृत भइरहेको भन्दै त्यसको आवश्यक नियमन र निगरानी हुनुपर्नेमा जोड दिए ।

उनले कानुनमा पर्याप्त व्यवस्था नभएको भए कानुन संशोधन गरेर भए पनि समाज कल्याण परिषदबाट कस्ता किसिमका सहायताहरू स्वीकृत हुने भन्ने बारेमा स्पष्ट खाका बनाउन आवश्यक रहेको बताए ।