• जेष्ठ ५ २०८३, मंगलवार

गोकुल बास्कोटा मुछिएको ७० करोड काण्डको पनि छानिबन हुन्छ : प्रमुख आयुक्त राई

फाल्गुन १५ २०८०, मंगलवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा मंगलबार उनले प्रकरणको छानबिन भइरहेको जानकारी दिँदै बलियो प्रमाणबिना कसैकाविरुद्ध मुद्दा लैजान नमिल्ने बताए ।

‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो,’ राईले भने, ‘हामीले छानबिन गरिरहेको छौँ । प्रमाणबिना कसैलाई पक्राउ गर्ने कुरा हुँदैन ।’

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन माग्दै कुरा गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।