• जेष्ठ ५ २०८३, मंगलवार

बारामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुग्यो

फाल्गुन १५ २०८०, मंगलवार

काठमाडौं । बाराको निजगढ नगरपालिकास्थित एक वर्कसपमा भएको विस्फोटमा परी ज्यान गुमाउने संख्या तीन पुगेको छ ।

विस्फोट सोमबार मध्याह्न १२ बजे भएको थियो । विस्फोटमा परी निजगढ नगरपालिका–५ का ४५ वर्षीय रेशम मगरको सोमबार मृत्यु भएको थियो । अन्य दुईजनाको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

उपचारका क्रममा भारतको गवाईका ३५ वर्षीय राकेश जयसवाल र पर्साका २० वर्षीया ऋतु रजतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका शंकास्पद दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसपी सरोज काफ्लेका अनुसार पक्राउ पर्नेहरूमा भारत मोतीहारी बस्ने ४० का राज भन्ने रमेश जैसवाल र बारा निजगढका टिकाराम पाख्रिन छन् । जैसवाल कवाडी किन्ने र पाख्रित कवाडी बेच्ने युवाहरू रहेको खुलेको छ ।