• जेष्ठ ५ २०८३, मंगलवार

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

फाल्गुन १४ २०८०, सोमबार

काठमाडौं । गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । भजन शिरोमणिको उपाधिसमेत पाएका आचार्यको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हो ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

उनका दुई छोरा सत्य र स्वरुप आचार्य छन् । उनीहरू पनि गीत–संगीतमै सक्रिय छन् ।