काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गर्दै राष्ट्रिय मुक्ति क्रान्तिको आह्वान गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो तीन पृष्ठको ‘विशेष वक्तव्य’ वाचन गर्दै नयाँ आह्वान गरेका हुन् ।
‘देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट देशलाई मुक्ति दिलाइ देशका सबै वर्ग, समुदाय, धर्म, जात-जाती, क्षेत्र, लिंगका जनतालाई अधिकार, पहिचान, स्वशासन, सुशासन, समृद्धि तथा सामाजिक न्याय प्रदान गर्नका लागि विगतमा जस्तै’ फरकफरक क्षेत्रका जनता एक्लाएक्लै लडेर नहुने महतोको भनाइ छ ।