• मंसिर १४ २०८१, शुक्रबार

विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्छ : रवि लामिछाने

फाल्गुन १४ २०८०, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले सभामुखले पटक-पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न समेत गरे । उनले सार्वभौम संसदलाई लडाई र आरोप-प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ ? भनि प्रश्न समेत गरे । उनले एनसेल खरिद बिक्री प्रकरणको छानबिन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताए ।

लामिछानेले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको पनि बताए । सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उनको भनाई छ ।