• जेष्ठ ५ २०८३, मंगलवार

विराटनगर उड्न लागेको यति एयरलाइन्सको इन्जिनमा समस्या

फाल्गुन १४ २०८०, सोमबार

काठमाडौं । आज बिहान त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ । उक्त विमानको उडानको निर्धारित समय ८:३० थियो ।

इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि  धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको  विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।

विमानस्थल स्रोतका अनुसार यति एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो ।