धनगढी । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठनले कार्यालय अगाडि कालो ब्यानर प्रदर्शन गरेपछि निर्माणको काम सुचारु भएको छ ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरको मूल गेटमा सो पार्टीले कालो ब्यानर टाँगिएको थियोे ।
सन्तोषी थेगिम जेभि धनगढीद्वारा निर्माणाधिन अवस्थामा रहेको बेलौरी, कलुवापुर, बेलडाँडी र दोमिल्ला सडकखण्ड ७ दिनभित्र तत्काल सुचारु गर्न माग गर्दै कालो ब्यानर टाँगिएको थियोे ।
उक्त ब्यानर टाँगिए पछि कम्पनीले २४ घण्टा भित्रै आजकाट काम सुचारु गरेको छ ।