• जेष्ठ ५ २०८३, मंगलवार

एलन मस्कको दावी,‘मस्तिष्कमा चिप राखेका बिरामीले सोचेरै कम्प्युटरको माउस चलाउन सक्छ’

फाल्गुन ९ २०८०, बुधबार

काठमाडौं । न्युरालिंक कम्पनीका मालिक एलन मस्कल मस्तिष्कमा चिप राखेका बिरामीले सोचेरै कम्प्युटरको माउस चलाउन सकेको एलन मस्कले बताएका छन् ।

पक्षघात भएका मानिसलाई काम गर्नसक्ने र आँखाको ज्योति गुमाएका मानिसको ज्योति पुर्नस्थापित गर्ने लक्ष्यसहित मस्कले न्युरालिंकको स्थापना गरेका थिए ।

गत वर्ष अमेरिकी सरकारबाट अनुमति पाएपछि केही महिनाअघि एक बिरामीको दिमागमा न्युरालिंकले पहिलो परीक्षणात्मक चिप राखेको थियो । तीनै व्यक्तिले अहिले सोचेकै भरमा माउस नियन्त्रण गर्न सकेको मस्कले सोमबार बताएका हुन् ।

“प्रगति राम्रो छ । बिरामी पूणर् निको भएको जस्तो देखिएको छ, कुनै गलत असर देखिएको छैन । केवल सोचेर नै स्क्रिन वरिपरि माउस घुमाउन बिरामी सक्षम छ,” मस्कले सामाजिक सञ्जाल एक्सको एक स्पेस इन्भेन्टमा भने । न्युरालिंकले अब बिरामीबाट सकेसम्म धेरै भन्दा धेरै माउस बटन क्लिक गराउने प्रयास गर्ने मस्कले बताए ।