• आश्विन १३ २०८१, आईतवार

पुरुषको वीर्यमा शुक्रकीटको क्षमता कम हुने समस्या के कारणले हुन्छ ?

फाल्गुन ९ २०८०, बुधबार

पुरुषको वीर्यमा हुने शुक्रकीटको क्षमता कम हुने समस्या धेरैमा हुँदैछ ।  पुरुषहरूको शुक्रकीटको मात्रा खस्किने दर पछिल्लो समय झन बढेको देखिएको छ ।

इजरेलस्थित हीब्रू विश्वविद्यालय तथा अमेरिकाको माउन्ट साइनाई स्कूल अफ मेडिसिनले हालै गरेको अनुसन्धानबाट विविध कारणले पुरुषको प्रजनन क्षमतामा ह्रास हुँदैगएको देखिएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार सन् १९७० ताका एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाखजति प्रजनन क्षमतायुक्त कोष अर्थात् शुक्रकीट हुन्थे । अहिले त्यो मात्रा घटेर ४ करोड ९० लाखमा झरेको छ । सङ्ख्या मात्र नभई शुक्राणुको गुणस्तरमा पनि ह्रास आएको प्रमाण भेटिएको छ। महिलाको डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको सङ्ख्या पनि पछिल्ला दशकहरूमा घटेको देखिएको छ।

पुरुषको शुक्रकीट मात्रा घटनुको मुख्य कारण खानपानमा सन्तुलन नमिल्नु अनुसन्धानले देखाएको छ । नियमित मोटापन बढ्नु, मादक पदार्थ तथा सूर्तीजन्य पदार्थको नियमित सेवन गर्नुले पनि शुक्रकीट उत्पादन मात्रामा ह्रास आउँछ । अनुसन्धान प्रतिवेदनका अनुसार शरीरमा बढ्ने हरेक अतिरिक्त किलोग्रामले शुक्रकीटलाई हानि हुनेखालका परिवर्तनहरू गराउँछ।

बोसो भण्डारण गर्ने एडिपोज तन्तुले सुजन गराउने तत्त्व निष्काशन गर्छ जसले पुरुषमा शुक्रकीट उत्पादनका लागि सबभन्दा महत्त्वपूर्ण मानिने टेस्टस्टरोन होर्मोनलाई कमजोर बनाउँछ । अर्को कारण हो मदिरा, सुर्ती, भेपिङ, गाँजा, कोकेन अनि एनाबोलिक स्टेरोइड । यसको सेवनले पुरुषको शुक्रकीटको गुणस्तरमा प्रभाव पार्छ ।

काखमा ल्यापटप राखेर काम गर्दा पनि शुक्रकीटको मात्रामा असर गर्छ । अध्ययनअनुसार काखमा ल्यापटप वा नोटबुक राखेर प्रयोग गर्नाले उपकरणको ब्याटरीको तातोले शुक्रकीटलाई प्रभाव पार्छ जसले शुक्रकीट उत्पादनमा समस्या हुन्छ ।

एजेन्सी