• जेष्ठ ६ २०८३, बुधबार

तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु १६ जना घाइते

फाल्गुन ७ २०८०, सोमबार

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् । अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

 घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।