• जेष्ठ ६ २०८३, बुधबार

महिलाको अश्लिल भिडियो खिचेको आरोपमा सशस्त्र प्रहरीका डिएसपी केसी पक्राउ

फाल्गुन ६ २०८०, आईतवार

काठमाडौँ । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरास्थित नम्बर-४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले मिडियालाई बताए ।
डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ ।

पीडितहरूले उनीविरुद्ध प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । वैयक्तिक गोपनियता सम्बन्धी ऐन-२०७५ को दफा-१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन ।