नयाँ दिल्ली । मलेसियामा बाइक दुर्घटनापरि मृत्यु भएका दाङ बबई गाउँपालिका वाडा नं ५, वर्ष ३१ का हुमबहादुर खड्काको परिवारलाई प्रगतिशील नेपाली समाज समिति भारत गोवा राज्य समिति र केहि स्वतन्त्र व्यक्तिबाट रू. ५२ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्रदान भएको छ ।
प्रगतिशील नेपाली समाज समिति भारतका अध्यक्ष लोकेन्द्र सेर्पालीले दुर्घटना परि मृत्यु भएका खड्काप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो दुःख व्यक्त गरेका ।
साथै सेर्पालीले आफू बबईको बासिन्दा भएको नाताले बबईको विकास र समृद्धिको लागि सकेजति योगदान पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन्।
रकम हस्तान्तरण कार्यक्रमको संचालन प्रगतिशील नेपाली समाज समिति नँउथ गोवा अध्यक्ष मनोज थापाले गरेका थिएभने दुःख सुखका अनुभूति सोही संगठनका नँउथ गोवा उपाध्यक्ष हरि आग्रिले राखेका थिए ।
यस अभियानलाई महत्त्वपूर्ण भूमिका प्रगतिशीलका अगुवा नेताहरू हरि आग्री, मनोज थापा, केशव आग्री उदय सेर्पाली नँउथ गोवा कोषाध्यक्ष रवि सेर्पाली, केसव आग्री, स्वतन्त्र युवा घनश्याम खड्काले निभाएका थिए।
बाँकी सयोग गर्ने नेपाली दाजुभाइ हरुको नामहरु यसप्रकार छ।
हरि आग्री १५००/ लोकेन्द्र सेर्पाली ३,२००/अर्जुन कार्की १०००/ ओपेन्द्र शाही ११००/ मनोज थापा २,५००/ उदय सेर्पाली १०००/ गोपाल सेर्पाली २००१/ केसव आग्री २,५००/ सन्तोस सुनार १,०११/ घनश्याम खड्का १,०००/ बब्लु विक २,०००/ प्रेम खड्का १०००/ खलबहादुर विक ५१०/ खुमबहादुर बस्याल ५१५/ मिलन आग्री १०००/ विवस सुनार ५१५/ डम्बर रसाइली ५००/ धनसिङ सुनार १०००/ सुखलाल विक २०००/ राजु सेर्पाली ५००/ दिपक सुनार १०००/ भुपेस साउद ५१०/ डिल्ली वली ५५०/ रामु सेर्पाली ५००/ डम्बर सुनार ५००/ दिपक सेर्पाली ५२०/ जितु सुनार ५५१/ समीर रसाइली ५००/ सुखमाया खड्का १०००/ कृष्णबहादुर खड्का ५५०/