• जेष्ठ ६ २०८३, बुधबार

१० किलो चरेस र सालकको खपटासहित तीन जना पक्राउ

फाल्गुन ६ २०८०, आईतवार

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-९ टिपटारबाट अवैध लागुऔषध चरेस करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटास हित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका-७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिपकुमार गोले र दिलिप कुमारकी श्रीमती ३१ वर्षीया चमेली भन्ने सबिता गोले पाख्रिन रहेका छन्।

आधारमा इलाका प्रहरी कार्यालय चित्लाङ र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध र सालकको खपटा फेला पारी तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।