• मंसिर १२ २०८१, बुधबार

भ्यारिकोज भेन्सका लक्षणहरु

फाल्गुन ६ २०८०, आईतवार

निलो नसालाई भ्यारिकोज भेन्स भनिन्छ । गोडामा देखिने यस्ता नसालाई मानिसहरु बेवास्ता गर्ने गर्छन् । तर, यो समस्याले विस्तारै समस्याहरु पैदा गर्ने चिकित्सक बताउँछन् । भ्यारिकोज भेन्स मुख्यतः हात, खुट्टा आदिमा देखिन्छ । यस्ता नसाहरु सुन्निएको हुन्छ । जुन गहिरो बैजनी रङ र निलो हुन्छ । यो माथि उठेको देखिन्छ । नसाको आसपास स्पाइडर भेन्स पनि हुन्छ । उक्त नसाहरु रातो र बजनी रङको देखिन्छ । भने त्यो निकै पातलो पनि हुन्छ ।

भ्यारिकोज भेन्सको लक्षणहरु 
विशेषज्ञका अनुसार भ्यारिकोज भेन्स जो कोहीमा पनि देखिन सक्छ । यसलाई सामान्य रुपमा लिन सकिन्छ । यो समस्या एक तिहाई युवाहरुमा देखिन्छ । भ्यारिकोज भेन्सको पहिचान गर्नका लागि यसका लक्षणहरुलाई बुझ्न आवश्यक छ ।
सुन्निएको नसा
निलो र बैजनी रङको नसा, सुन्निएर माथि उठेको नसा भ्यारिकोज भेन्सको मुख्य लक्षण हो ।
चिलाउनु
गोडाका वरिपरिका नसाहरु चिलाउनु पनि भेरिकोज भेन्सको लक्षण हो ।
मोटो गोडा 
यदि गोडा वरिपरि नसा सुन्निएको छ । शारीरिक कसरत गर्दा समस्या भइरहेको छ । र नसाहरु निलो देखिएको छ भने भेरिकोजको लक्षण हुनसक्छ ।