• जेष्ठ ६ २०८३, बुधबार

सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखाका व्यवस्थापक चापागाईं प्रक्राउ

फाल्गुन ५ २०८०, शनिबार

काठमाडौं । सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा  चापागाईंलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यो सहकारीका अध्यक्ष गितेन्द्रबहादुर (जीबी) राई हुन् ।

उनी नै यो सहकारीको संस्थापक अध्यक्ष थिए । उक्त सहकारीबाट एक अर्ब ७ करोड ८२ लाख हिनामिना भएको भन्दै बचतकर्ताहरुले उजुरी दिएका थिए । सोही सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड बढी रुपैयाँ ऋण लिएको छ ।

लुम्बिनी प्रदेशका डीआईजी कुवेरसिंह कडायतका अनुसार उनीहरु दुवै जनालाई बुटवलबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैको म्याद थप गरेर अनुसन्धान हुँदैछ ।