• मंसिर १५ २०८१, शनिबार

पार्टीले गलत बाटो लियो, आगामी महाधिवेशबाट सही बाटोमा ल्याउनु पर्छ : झलनाथ खनाल

फाल्गुन ४ २०८०, शुक्रबार

फागुन ४, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताएका छन् ।

पार्टीले वर्ग आत्मसमर्पणवादको बाटो लिएकाले आगामी राष्ट्रिय महाधिवेशनबाट त्यसलाई सच्याउनुपर्ने सम्मानित नेता खनालको भनाइ छ ।

समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टीलाई श्रमजीवि वर्गबाट टाढा पुर्याउने काम विद्यमान मोर्चाबन्दीले गरिरहेकाले त्यसलाई सच्याउने कुरालाई ध्यानमा राखेर पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्ने बताए ।

सम्मानित नेता खनालले वर्ग समन्वयको बाटोबाट मुलुकमा श्रमजीवि वर्गको हित हुनै नसक्ने बताए । खनालले नेपालमा हाल तत्काल वामपन्थीहरू बीच एकता सम्भव नभए पनि कार्यगत एकता हुन सक्ने पनि दोहोर्याए ।