• मंसिर १५ २०८१, शनिबार

डीडीसीका महाप्रबन्धक सञ्जीव झामाथि वैद्य नेकपाले दल्यो कालोमोसो

फाल्गुन ४ २०८०, शुक्रबार

काठमाडौं । भ्रष्टाचारको आरोपमा दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झामाथि कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको भ्रातृ संगठन क्रान्तिकारी युवा संगठनले उनीमाथि कालोमोसो दलेको हो ।
संगठनले कार्यकक्षमै पुगेर झालाई कालोमोसो दलेको हो । झामाथि डीडीसीमा अनियमितता गरेको आरोप लगाउँदै संगठनले कालोमोसो दलेको हो । संगठनले फेसबुकमा एक भिडियो अपलोड गर्दै झामाथि विभिन्न आरोप लगाएको छ ।

उनले दूध बेचेको करिब १७ करोड व्यक्तिगत प्रयोजनमा खर्च गरेको संगठनको आरोप छ । त्यस्तै किसानसँग दूध किनेको ८५ करोड तिर्न आलटाल गरेको, इन्धन र सवारी साधन प्रयोगमा मितव्ययी नभएको संगठनको आरोप छ ।

झा महाप्रबन्धकमा नियक्त भएपछि संस्थान पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड घाटामा गएको, किसानबाट किनेको दूध नबेची पाउडर बनाएर गोदाममा थन्क्याएको लगायतका आरोप झामाथि लागइएको स्टाटस संगठनले फेसबुकमा राखेको छ । उक्त संगठनले यसअघि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि पनि कारवाही गरेको थियो ।